जनार्दन शर्मा

काठमाडौं, १७ असार–नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसदको अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको प्रतिक्रिया दिए।

‘यसमा सरासरी, नियतवश, समितिले पास गरेको विषयभन्दा बाहिर गरेको भन्ने समितिका सदस्यहरूको भनाइ छ। सभापतिले पनि मेरो जानकारीबिना भयो भन्नुभएको छ। यो संसदको उपहास गर्ने गरी, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुनकुरा गरियो, षड्यन्त्र गरियो, बदमासी गरियो। तुच्छ कार्य हो यो,’ उनले भने।

उनले यो कार्यको सबैभन्दा पहिला छानबिन हुनुपर्ने बताए। उनले यो कार्यको जिम्मेवारी कसले लिने भन्दै पनि प्रश्न गरे।

‘सचिवले लिनेरु सभापतिले लिने या समितिले लिनेरु जिम्मेवारी लिनुपर्छ। यो खालको छलछाम गरेर, कानुनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्नेरु व्यवस्थापिकाको कसरी विश्वास गर्नेरु कानुनप्रति कसरी विश्वास गर्नेरुहामीप्रति गम्भीर प्रश्न उठेको छ। यसको जवाफ छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएर मात्रै सच्चाउने दिशामा अगाडि बढ्नुपर्छ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *