माधवकुमार नेपाल

जनकपुरधाम, १८ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्।

मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विरोधीहरू हाम्रो विरोधमा लागेका छन् तर त्यसले केही हुँदैन। तपाईंहरू देश र जनताको हितमा काम गरिरहनुस्।’

उनले आफूले नगरेको अपराधमा फसाउन खोजिएको समेत आरोप लगाए। उनले भने, ‘म डराएको छैन,  मैले कुनै अपराध नै गरेको छैन, त्यसकारण डराउनुपर्ने कुनै कारण पनि छैन।’

पूर्वप्रधानमन्त्री एबम् एकीकृत समाजवादीका अध्यक्ष नेपालले मैले पूरै जीवन देशका लागि समर्पित गरेको बताउँदै पुँजीवादी र सामन्तीहरूको विरोधमा बिताएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *