पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, १८ असार–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते अर्थात आजकै दिनदेखि राज्यको तर्फबाट पाएका सबै सेवासुविधा त्याग गर्नुभएको छ ।

सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले लेखेको पत्र बुधबार नै गृह मन्त्रालयमा दर्ता भएको छ। यससँगै बुधबारदेखि नै उहाँले पाउँदै आएको स्वकीय सचिव, कार्यालय सहयोगीलगायतका लागि मासिक डेढ लाख रुपैयाँको नियमित सुविधा रोकिएको सरकारी स्रोतले जानकारी दिएको छ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

गत असार १४ गते मदन भण्डारीको ७४ ‍औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गराएको जानकारी सार्वजनिक रूपमा गराउनुभएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *