दमक, २० असार–दमक तेक्वान्दो डोजाङले डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा बिहिबारदेखि तेक्वान्दो प्रशिक्षण (कक्षा) सञ्चालनमा ल्याएको छ ।

डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालका अनुसार दमक–६ भृकुटी चौक पूर्वतर्फ अवस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा तेक्वान्दो खेलको कक्षा सञ्चालमा ल्याइएको हो ।

बिहिबार एक कार्यक्रमबीच डेलिया मन्टेश्वरु स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपल दिपक न्यौपाने र दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमाालले संयुक्त रुपमा तेक्वान्दो कक्षाको उद्घाटन गर्नुभएको छ ।

सो स्कुलमा साताको एक दिन बिहिबार तेक्वान्दो कक्षा सञ्चालन हुने छ । डोजाङका सिनियर प्रशिक्षक प्रतिमा तामाङले सो स्कुलमा प्रशिक्षण गराउने हुनेछ । हाल सो स्कुलका २२ जना विद्यार्थीहरुले प्रशिक्षणमा सहभागि छन् ।

डेलिया स्मार्ट स्कुलसंगै हाल दमक तेक्वान्दो डोजाङले सर्वोदय अंग्रेजी माध्यमिक विद्यालय, हिमज्योती स्कुल, सनसाइराज स्कुल, मोडल स्कुल लगायत आधा दर्जन स्कुलहरुमा प्रशिक्षण गराइरहेका अध्यक्ष धिमालले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *