शिबगञ्ज, २० असार–शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले २ सय ४० जना कृषकहरुलाई सुपारीको बीऊ र स्प्रे ट्याङ्की बितरण गरेको छ ।

वडा कार्यालयले आफ्नो बजेट मार्फत वडाभित्रका कृषकहरुलाई लक्षित गरेर सुपारीको बीऊ र स्प्रे ट्याङ्की वितरण गरेको हो । वडाध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडा कार्यालयले वडाभित्रका कृषकहरुलाई सार्वजनिक सुचना प्रकाशित गरेको सुपारी बीऊ र स्प्रे ट्याङ्की बितरण गर्ने जानकारी गराएको थियो ।

वडा कार्यालय परिसरमा बिहिबार एक कार्यक्रमबीच अध्यक्ष कार्कीले सुपारीको बिऊ र स्प्रे ट्याङ्की बितरण गर्नुभएको हो । यसअघिको आर्थिक बर्षअन्तर्गत वडाको बजेटबाट वडा कार्यालयले कृषकहरुलाई सुपारीको् बिऊ र स्प्रे ट्याङ्की बितरण गसिकेको छ ।

सुपारीले शिबगञ्जलाई हराभरा बनाउने लक्ष्यसहित वडा कार्यालयले एक कृषक चार बिरुवा बितरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

त्यस्तैं, कृषकहरुका लागि कृषि प्रयोजनमा उपयोगी स्प्रे ट्याङ्की बितरण गर्दै आइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । कार्कीका अनुसार कृषकहरुलाई उन्नत जातका बिऊबिजनहरु बितरण गरिदै आएका र आगामी बजेटबाट थप बीउ बिजनहरु बितरण गरिनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *