काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गर्नुभएको छ।

एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै हिम्मत हाराहरूको कुनै काम नभएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ। कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्, सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ, त्यस्तालाई साथ दिनेहरू, त्यस्तालाई प्रोत्साहन दिनेहरू, त्यस्ताको पुच्छर समातेर हिड्नेहरू कोको छन्, पत्ता लगाउनुपर्छ। हाम्रो पार्टी क्रान्तिकारी हो, विद्रोहबाट आएको पार्टी हो।’

उहाँले अगाडि भन्नुभयो, ‘यस्ता कायरहरूले बाटो छोड्नुपर्छ। कातर मान्छेको कुनै काम छैन। हिम्मतहारा मान्छेको कुनै काम छैन। यो हिम्मत भएका मान्छेहरूको पार्टी हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *