दमक, २१ असार–ध्रुवतारा स्पोर्टिङ क्लवले यहि साउन २ र ३ गते ‘प्रथम ओपन ध्रुवतारा फुट्सल प्रतियोगिता’– २०८२ आयोजना गर्ने भएको छ ।

स्वस्थ्यका लागि खेलकुद भन्ने सन्देसका साथ आयोजना गर्न लागिएको फूटसल प्रतियोगिताको सम्पूर्ण तयारी भईरहेको सचिव हिरामणि खड्काले बताएaz ।

उनका अनुसार प्रतियोगिता दमक -५ स्थित वेष्ट फूटसल मैदानमा हुने छ । प्रतियोगितामा दमकसहित झापा, मोरङ,सुनसरी र इलामका दुई दर्जन बढी फूटसल टिमले भाग लिने उनले जनाएका छन् ।

प्रतियोगितामा विजेता हुनेलाई ६० हजारसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविपजेताले नगद ३० हजारसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत प्रदान गरिने सचिव खड्काले बताए ।फूटसलमा सहभागि हुने टिमले इन्ट्री वापत क्वललाई ६ हजार शुल्क बुझाउनु पर्ने छ ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *