दमक, २१ असार–साताको शनिवार दमकमा सञ्चालन हुदै आएको श्रम शिविरमार्फत सरसफाईमा जुट्दै स्वतन्त्र युवा समूहका सदस्यहरु ।
उक्त समूहको अगुवाईमा महिनादिनदेखि दमकमा श्रमदान गरौ, आफनो सहर सफा राखौ भन्ने सन्देसका साथ सरसफाई कार्यमा युवाहरुले सक्रिय सहभागिता जनाइरहेका छन् ।
समुहका सदस्य धनजीत राईका अनुसार दमकको मुख्य सडक चौकमा प्रत्येक शनिबार बिहान सरसफाईका कार्यक्रमहरु भइरहेको छ । आज, २१ असार शनिबासहित पाँचौ पटक दमक सरसफाईका कार्यक्रम सम्पन्न भइसकेको धनजीत राईले बताए ।
