नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वाला

काठमाडौँ, २२ असार–नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताउनु भएको छ।

आइतबार (आज) बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उपाध्यक्ष ज्वालाले सबै कुराको जग भनेको कानुन रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्न सक्ने उल्लेख गर्नुभयो।

एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख समेत रहनुभएका ज्वालाले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नु राम्रो हुने बताउनु भयो। सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको उहाँले बताउनुभयो।

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुनेमा जोड दिनुभयो।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *