काठमाडौँ, २२ असार–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको अर्को बैठक मंगलवारका लागि बोलाइएको छ।

आइतवार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलवार बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताए।

उनका अनुसार आइतवारको बैठकमा पार्टीका तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा। वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचार राखेका छन्। उनले बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पारे।

ज्वालाले भने, ‘कुनै व्यक्ति विशेषका बारेमा हाम्रो बैठकमा एजेण्डा बनेको छैन। पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेण्डाहरू छन्। ती एजेण्डामा केन्द्रित भएर नेताले आ–आफ्ना धारणा राखेका छन्।’

ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको बताए। उनले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *