दमक, २२ असार–दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नले दमकका महिलाहरुलाई लक्षित गरेर मच्छडका लागि अर्गानिक धूप बनाउने १० दिने तालिम सम्पन्न गरेको छ । तालिममा दमकका विभिन्न वडाहरुबाट २० जना एकल महिलाले सहभागी जनाएका थिए ।

दमक नगरपालिका महिला तथा बालबालिका शाखाको आर्थिक सहयोग र कमल गाउँपालिकामा सञ्चालित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नको प्राविधिक सहयोगमा दमकका महिलाहरुलाई सो तालिम आयोजना गरिएको थियो ।

आज (आइतबार) दमक नगरपालिकाको सभाहलमा आयोजित तालिम समापनको अवसरमा दिव्यदृष्टि भेनेरेसन एण्ड कन्सर्नका सञ्चालिका बबिता तिम्सिना पोख्रेलले स्थानीय घर आँगनमा पाइने आर्युर्वेदजन्य सामाग्रीहरुको प्रयोगमा अग्र्यानिक बाटेको मच्छड धूपको व्यवसायिक उत्पादनतर्फ जोड्न तालिम आयोजना गरिएको बताईन् । उनले घरैमा बसेर स्थानीय गाउँ घरमा भएका सामाग्रीहरु मार्फत आय आम्दानी गर्नका लागि महिलाहरुलाई तालिमको आयोजना गरिएको र तालिममा सहभागि दिदीबहिनीहरुले सिकेको सीप र ज्ञानलाई व्यवहारमा समेत देखाउन धूप उत्पादन गर्न आग्रह गरिन् ।

कार्यक्रममा दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नका प्रमुख समेत रहनुभएका पत्रकार बिष्णुप्रसाद पोख्रेलले अग्र्यानिक धूपको प्रयोग, बिधी, महत्वका बारेमाा प्रकाश पारेका थिए । पोख्रेलले धूपको ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापन सम्बन्धी समेत कार्यक्रममा जानकारी गराएका थिए ।

पोख्रेलले स्थानीयस्तरमै अर्ग्यानिक जडिबुटी प्रयोग गरेर धूप उत्पादन गर्न सके बिदेशतर्फ जाने पैसासमेत नेपालमै रहने बताए ।

कार्यक्रममा दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना प्रसाई, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डाक्टर सिद्धार्थ ठाकुर, महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले आयुर्वेद सामाग्रीहरुमार्फत निर्मित धूपका बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *