नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, २३ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ (Global Civilization Dialogue) मा सहभागी हुन आज राति चीन प्रस्थान गर्नुभएको छ।

खनालको सचिवालयका अनुसार, उहाँले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीन दिने भ्रमण गर्नुहुनेछ। सो क्रममा उहाँले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्नुहुनेछ। हेनान भ्रमणको अन्त्यमा उहाँले सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुनेछ।

नेकपा ९एकीकृत समाजवादी० का विदेश विभाग सचिव डा। शंकर खतिवडाका अनुसार, हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्नुहुनेछ। बेइजिङमा उहाँले जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। पहिलो, उहाँले ‘मन्त्रीस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’ (Jointly Advocating the Promotion of the Common Values of Humanity)  लाई पहिलो वक्ताको रूपमा सम्बोधन गर्नुहुनेछ। सोही दिन उहाँले ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाई र प्राज्ञिक संवाद’ (Civilization Exchanges, Mutual Learning, and Academic Dialogue)  शीर्षकको छैठौं उप(मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताको रूपमा मन्तव्य राख्नुहुनेछ।

बेइजिङ बसाईका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको डा।खतिवडाले बताउनुभयो।

पाँच दिवसीय भ्रमण सम्पन्न गरी नेता खनाल असार २७ गते (जुलाई ११) स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *