भारी वर्षा

काठमाडौं, २८ असार–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।

त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै देशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशका एक(दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै राति पनि देशको उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *