क्याम्पा (कमल), २८ असार–झापाको कमल गाउँपालिका वडा नम्बर २ को क्याम्पासिथत वडा कार्यालयले क्षयरोग (टि।वि) का विरामीहरूलाई पोषण तथा यातायात खर्च प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालय झापाको बजेटबाट विनियोजित रकम कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमार्फत क्षयरोगीहरुलाई प्रतिव्यक्ति रु ३,००० का दरले आर्थिक सहयोग रकम वितरण गरिएको हो।

क्षयरोगीहरु नियमित स्वास्थ्य संस्थामा आउन र नियमित औषधि सेवन गर्ने उदेश्यसहित प्रतिव्याक्ति रु तीन हजारले आर्थिक सहयोग वितरण गर्नका लागि सेवाग्राहीहरूलाई प्राथमिकतामा राखिएको थियो।

रकम वितरण कमल–२ का वडा अध्यक्ष श्री अशोक सुब्बाज्यू ले गर्नुभएको थियो । साविक तोपगाछी गा।वि।स। (हालका कमल गाउपालिका वडा नं। १, २, ३ र ४) अन्तर्गतका जम्मा ११ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

स्वास्थ्य सेवा पहुँच र उपचारपछिको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सकारात्मक कदमको रूपमा लिएका छन्।

वडा अध्यक्ष सुब्बाले वितरण मा बोल्दै भने, “स्वास्थ्य उपचारमा मात्र होइन, उपचारपछिको जीवन सुधारमा समेत ध्यान दिनुपर्ने भएकाले यस प्रकारका सहयोग कार्यक्रमहरू महत्वपूर्ण छन्।”

स्वास्थ्य कार्यालय झापाका टि वि फोकल पर्सन श्री बिरेन्द्र दासका अनुसार, टि।वि। विरामीहरूलाई औषधि नियमित सेवन गर्न प्रेरित गर्न र उनीहरूको पोषण अवस्था सुधार गर्न आर्थिक प्रोत्साहन वापतको यातायात खर्च वितरण गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *