काठमाडौँ, २ साउन–नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ।
आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो।
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो।
