काठमाण्डौं, २ साउन–नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ।

शुक्रबार राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता घोषणा भएको हो।

एकता घोषणापछि एकता राष्ट्रिय अभियानका अध्यक्ष रहेका वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसँग अंकमाल गरी खुशी साटेका छन्।

कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दुवैले स्वागत गरेका थिए।

गौतमले एकीकृत समाजवादीसँगको एकता प्रयास चार वर्षपछि सफल भएको बताएका थिए।

उनले एकता घोषणा हुँदा आफू शब्दमा बयान नै गर्न नसक्नेगरी खुशी भएको बताएका थिए। त्यही भाव उनले नेताहरूसँग खुशी साटासाट गर्दा गरेका अंकमालमा पनि देखिएको छ।

एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तय भइसकेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *