केपी ओली

कठमाडौँ, २ साउन–नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्री कमिटीबाट निर्णय गर्ने भएको छ।

आज (शुक्रवार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीका बारेमा उचित समयमा निर्णय गर्ने बताए।

पार्टीको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई पार्टीमा सक्रियरुपमा फर्काउने वा नफर्काउने भन्नेबारेमा एमालेभित्रै मत विभाजित छ।

एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन्।

राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले उठाएका पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *