काठमाडौँ, ४ साउन–भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरू फेल भइरहेको बताएका छन्।
हिजो (शनिवार) ललितपुरमा ६३औँ इन्जिनियर्स डेका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले फेल भएका पुलका डिजाइनहरूको रिपोर्ट निकाल्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताए।
किन पुलका डिजाइनहरू फेल भए भन्नेकुरा खोज्न र आगामी दिनमा सच्याउन जरुरी रहेको बताए। कतिपय इन्जिनियरहरू भागिरहेको भन्दै नभागि गल्ती सच्याएर अघि बढ्न आग्रह गरे। सडकमा लक्ष्य राखेको भन्दै बढी काम गरेको बताए।

