काठमाडौं, ४ साउन–नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।

दुई दिन चलेको एमाले पोलिटब्युरो बैठकको समापन गर्दैै ओलीले छलफल गरेर मात्रै निर्णय लिने बताएको एक नेताले जानकारी दिए ।

‘विद्या भण्डारीका बारेमा छलफल गरेर अहिलेको विषय टुंगोमा पुर्‍याउन उहाँहरू दुई जना बस्ने कुरा भएको छ,’ ती नेताले सुनाए, ‘हामी बसेर सल्लाह गर्छौं, अहिले यहाँ केही निर्णय गर्न परेन । सबैका कुरा सुन्ने हो भनेर अध्यक्षले भन्नु भएको छ ।’

एमाले पोलिटब्युरो बैठकमा पदाधिकारी बाहेक ६८ जनाले धारणा राखेका छन् । अधिकांशले पूर्व राष्ट्रपति राजनीतिमा आउने कुरा गम्भीर रहेको भन्दै बसेर यसको राजनीतिक समाधान निकाल्न सुझाव दिएका छन् । ‘हामीले पार्टी अध्यक्ष र पूर्व राष्ट्रपति बसेर समस्याको आपसमा समाधान निकाल्नु भनेर सुझाव दिएका थियौँ,’ एक नेताले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *