दमक, ४ साउन–झापाको कमल गाउँपालिका र शिबसताक्षी नगरपालिकाको सिमानामा पर्ने कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन् ।
आज (आइतवार) दिउँसो अन्दाजी १ बजे क्याम्पा बजारस्थित कमल खोलाको पुलमुनि खरेलको शव पानीले बगाएर ल्याएको थियो ।
स्थानीयले खबर गरेपश्चात् पुगेको प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।
