भद्रपुर, ४ साउन–भद्रपुर नगरपालिका–६, नयाँबस्ती क्षेत्रमा जंगली हात्तीले आक्रमण गरी स्थानीय बासिन्दाको घर तथा सामानमा ठूलो क्षति पुर्‍याएको छ।

शनिवार राति जंगली हात्तीले श्रीप्रसाद माझीको घरको टाटीको बेरा, बरन्डाको टिन, १५ मन धान, तीन साइक्ल, काठका टेबलहरू र तिरपाल सहित ५० हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरेको छ।

त्यसैगरी फलेन्द्र राजबंशी, बदन राजबंशी, तिलि राजबंशी, ओमप्रकाश राजबंशी र शुक्रराज डङ्गोलका घरमा समेत टिनको छानो, भित्ताहरू, झ्याल ढोका फुटाएर करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले छ।

यस घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको बताइएको छ। स्थानीय बासिन्दाले जंगली जनावरबाट हुने यस किसिमको क्षति रोकथामका लागि समुचित कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। प्रहरी र वन विभागले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *