भद्रपुर, ८ साउन–नेकपा (एकीकृत समाजवादी) पार्टी झापाले पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसमो अवसर पारेर सामाजिक उत्तरदायीत्वमा सेवामुलक कार्यक्रम आयोजना गरेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा संस्थापक महासचिव िपुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा एकीकृत समाववादी पालिकास्तरीय कमिटीले बिपन्न परिवारको घरको छानो निर्माण गर्ने अभियानको भद्रपुरमा समुद्घाटन गरिएको हो ।

बुधबार, भद्रपुर–२ पृथ्बिनगरस्थित महारानी चौकमा सो अभियानको उद्घाटन गरिएको एकीकृत समाजवादी झापाका सचिव सानुकुमार लामाले जानकारी दिनुभयो । सचिव लामाका अनुसार भद्रपुर–२ महारानी चौककी बिपन्न परिवार भएकी इन्द्रमाया खाति (विश्वकर्म) को घरमा छानो लगाउने कार्यक्रमको शिलान्यास गरिएको हो ।

एकीकृत समाजवादी झापाका अध्यक्ष बीपि भट्टराईको अध्यक्षतामा र जिल्ला कमिटी झापाका इन्चार्ज तथा पूर्वसांसद पुष्प पोख्रेलको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम भएको थियो । घर निर्माणका लागि पार्टीका क्रियाशिल सदस्यहरुबाट सहयोग संङ्कलन गरिने र पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरिने अध्यक्ष भट्टराईले जानकारी गराउनुभयो ।

सो कार्यक्रममा भद्रपुर नगरकी पूर्व नगर उपप्रमुख तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, अभियानका संयोजक तथा एकीकृेत समाजवादी झापाका पूर्व उपाध्यक्ष बासु दुलाल, प्रदेश कमिटी सदस्य तथा झापा जिल्ला खेलकुद संघका पूर्व अध्यक्ष शंकर थापा, प्रदेश कमिटी सदस्य श्री सिटौला, समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल लगायतको उपस्थिति रहेको पार्टी झापा उपसचिव श्री मिश्रले जानकारी गराउनुभयो ।

अध्यक्ष भट्टराईले यो अभियान झापाको १५ वटै स्थानीय तहका पालिका स्तरीय कमिटीले आ–आफ्नो स्थानमा सञ्चालन गर्ने भएको बताउनुभयो । भट्टराईका अनुसार आर्थिक अवस्टथा कमजोर भएकै कारण घर निर्माण गर्न समस्या भएर कष्टकर जीवन बिताइरहेका विपन्न परिवारलाई एकीकृत समाजवादी झापाले घर निर्माण गरिदनिे भएका छन् ।

सो कार्यक्रममा एकीकृत समाववादी भद्रपुर नगर कमिटी अध्यक्ष पदम लिम्बू्रले विपन्न परिवारकी इन्द्रमाया खातीका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमका उपाध्यक्ष नबीन इजमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *