काठमाडौँ, साउन–नेकपा (एकीकृत समाजवादी) नेता तथा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले मधेश यतिबेला इतिहासकै गम्भीर जल संकटबाट गुज्रिरहेको बताउनु भएको छ।
आज बिहिबार संसदमा बोल्दै सांसद श्रेष्ठले भन्नुभयो, ‘मधेस यतिबेला इतिहासकै ठूलो जल संकटबाट जुधिरहेको छ। यो बेला सरकारले गम्भीर कदम नचाले ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था नजिकै देखिएको छ। सरकारले यतिबेला तत्काल गर्नै पर्ने र गर्न सक्ने काम पनि सुरु गरेको छैन।’
सांसद श्रेष्ठले अगाडि थप्नुभयो, ‘सभामुख महोदय सिँचाइको अभाव र खानेपानीको अभावमा बाँकी रहेका मधेसका नागरिकको समस्यामा नेपाल सरकार रमिते बनिरहेको छ।
पिउने पानीको आपत्कालीन आपूर्ति र पानीका स्रोतहरुको मर्मतमा सरकारले तत्काल चाल्न सक्ने कदमसमेत चालेको छैन। जनतालाई राहत मिल्ला तर मधेसका अन्य सात जिल्लाका नागरिकले सरकार भएको अनुभूति गर्न पाएका छैनन्।’
