दमक, ८ साउन–रोटरी क्लब अफ दमकले आफ्नो वार्षिक कार्य योजना सार्वजनिक गरेको छ । आज, बिहिबार दमकस्थित होटल केबिआरमा रोटरी क्लब अफ दमकले पत्रकार सम्मेलन गरी सामाजिक क्षेत्रमा सेवा मुलक कार्यक्रमहरुका बारेमा सार्वजनिक गरेको हो ।

रोटरी क्लब अफ दमक वर्ष २०२५।२०२६ मा गरिने विविध गतिविधिहरु समेटेर पत्रकार सम्मेलनमा कार्ययोजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष एवं सामाजिक विकास कार्यक्रम संयोजक सन्दीप चापागाईं (दिपु) ले रोटरी वर्ष २०२५।२६ का लागि करिब २८ लाख बजेटसहितको वार्षिक कार्य योजना प्रस्तुत गरेका थिए । उनका अनुसार जुलाईदेखि सुरु हुने परियोजना जुनसम्म सञ्चालन हुनेछ हुनेछ।

परियोजना सञ्चालन गर्न रोटरी सदस्यहरुवाट स्वेच्छिक सहयोग र अन्य भने स्थानीय तहको सहयोग जुटाएर कार्य सम्पन्न गरिने रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष चपागाईले बताए ।

जस अन्तर्गत रोटरीले स्थानीय सरकार तथा अन्य सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी कार्य सम्पादन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । रोटरीले जुलाई महिनामा यहि शनिवार दमक –७ को रतुवा खोला बाँधको सौन्दर्यकरणसहित वृक्षरोपण गरिने कार्यक्रम तय गरिएको उनले जनाएका छन् ।

त्यसैगरि, अगस्टमा दन्त तथा आखाँ शिविर, सदस्यता विस्तार, अन्तर संगठन, संस्थाबीच बैठक कार्यक्रम तय गरिएको छ भने सेप्टेम्बरमा आधमरभूत शिक्षा र साक्षरता अभिबृद्धि , विद्यालयलाई भौतिक सामाग्री वितरण ,छात्रवृति ,कम्प्यूटर ल्याव स्थापनामा सहयोग लगायत अटिजम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छन् ।

दमक रोटरी वर्ष २०२५।२६ का अध्यक्ष केशव कुमार अग्रवालले विगतका वर्ष झैँ यस वर्ष पनि रोटरीले गरिने विभिन्न सामाजिक तथा सेवामुखी गतिविधिहरुका विषयमा जानकारी गराएका थिए।

अध्यक्ष अग्रवालले सामाजिक सेवाको माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउन मूलत रोटरीले शान्ति र द्वन्द समाधान, रोग निवारण र उपचार, सफा पानी सरसफाई र स्वच्छता ,मातृत्व तथा बाल स्वास्थ्य कार्यक्रम, शिक्षा र साक्षरता, आर्थिक विकास र समुदाय सशक्तिकरण तथा वातावरण संरक्षण सम्बन्धी वर्षभरि विभिन्न कार्यक्रम गरिने जानकारी दिए।

रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष बिक्रम शाहले रोटरी क्लब अफ दमक र लाइफलाइन अस्पतालको साझेदारीमा सञ्चालन हुदैआएको मिगौला रोगीका लागि डाइलोसिस सेवामा विरामीको बढ्दो चापका कारण थप चार वेड विस्तार गर्न पहल भईरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा रोट्रयाक्ट दमकका अध्यक्ष दिवाकर पाँचकोटीले रोटरी अभियानलाई समुदायसम्म पुरयाँउन रोट्रयाक्टमार्फत विभिन्न कार्यक्रम गरिआएको उल्लेख गरे।

कार्यक्रममा दमक रोटरीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो। सन् २०११ मा स्थापना भएको रोटरी दमकमा हाल ४४ जना आवद्ध रहेको सचिव अम्बिका न्यौपानेले बताईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *