नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, १० साउन–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौँ उपत्यका किराँत सभ्यताको थलो भएको दावी गरेका छन्।

आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वास्तवमा उपत्यका नै किराँत सभ्यताको भूमि भएको जिकिर गरे। उनले संसारमा चार मानव प्रजातिहरू रहेको र उनीहरू विभिन्न क्षेत्रबाट पूर्वकालदेखि नै नेपाल आउने गरेको बताए।

उनले संसारमा मंगोल प्रजाति आर्यन प्रजाति, निग्रो प्रजाति, अस्ट्रि प्रजाति गरी चार प्रजातिहरू रहेको बताए। चारै प्रजातिका मान्छेहरू विगत कालमा दशौँ हजार वर्ष अगाडिदेखि नेपाल भूमिमा आवतजावत गर्ने र त्यही क्रममा नेपाल भूमिमा अनेक सभ्यताहरूको विकास भएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *