काठमाडौं, १० साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रिय हित विपरित सरकारले तीन वटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धी, कोशी उच्च बाँध र नागरिकता विधेयकबारे प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

खनालभन्दा अगाडि बोलेर प्रचण्ड हिँडेकाले उनले पत्रकारमार्फत तीन कुरा सम्झाउछु भन्दै उनले नेपालको राष्ट्रियता संकटमा परेको परम्परागत दावीलाई दोहोर्‍याए ।

खनालले भने भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धनी गर्न नसके त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने बताए । त्यसका लागि नेपालका सबै देशभभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै खनालले विपक्षी नेता भएकाले प्रचण्डको सतर्कताको लागि आह्वान गरे ।

त्यस्तै खनालले दोस्रो बुँदामा सरकारले भारतसँग कोशी उच्च बाँधको सम्झौता गर्न लागेको भन्दै यसबारेमा नेपाली जनता र राजनीतिक दलहरुले थाहा पाउनु पर्ने बताए । विगतमा राणाकालीन शारदा ब्यारेजदेखि गण्डक, कोशी र टनकपुरमा नेपाल ठगिएकाले ठूला उच्च बाँधका बारेमा सचेत हुन प्रचण्डलाई आग्रह गरे ।

खनालको तेस्रो खबरदारी भने नागरिकता विधेयकमा रहेछ । उनले नागरिकता विधेयकमा बाबुको नाम नभए पनि हुनेगरी प्राबधान राखिएको बताए । खनालले आमाको नामबाट नागरिकता दिनेगरी कानून ल्याउनुको उद्देश्य उत्तरतिरबाट नेपालमा प्रवेश गरेर लामो समय बसोबास गरिरहेका ४० हजार व्यक्तिलाई नागरिकता दिनु रहेको दावी गरे। खनालले भनेका उत्तरबाट आएकाहरु तिब्बती शरणार्थी हुन् त रु यसबारे भने उनले प्रष्ट नपारी आफ्नो करीव आधा घण्टाको भाषण टुंग्याए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *