झिलझिले, ११ साउन–शिवसताक्षीस्थित सतासीधाम जेसीजले विहिबार शिबसताक्षी–५ पाँचगाछीस्थित जनता बजारमा एक दिने निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिवसताक्षी–५ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरमा ५१ जनाले सेवा लिएका थिए ।
सतासीधाम जेसीजका अध्यक्ष पदम कुवँरको अध्यक्षता तथा नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) को प्रमुख आतिथ्यतामा भएको शिविरमा प्राविधिक सहयोग दमकको आमा डेन्टल केयरले गरेको थियो ।
शिविरमा दन्त रोग विशेषज्ञ डा.संगीता बराल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए । नगरप्रमुख थोप्राको दन्त परीक्षण गरेर शिविर शुभारम्भ गरिएको थियो ।
आमा डेन्टल केयरका प्रवन्ध निर्देशक अर्जुनकुमार श्रेष्ठका अनुसार शिविरमा ५१ जनाको निशुल्क दन्त परीक्षण तथा उपचार परामर्श सेवा उपलब्ध गराइएको थियो । जेसीज सप्ताह अन्तर्गत सतासीधाम जेसीजले निशुल्क दन्त शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक दिलबहादुर कार्कीले (राजन) बताए ।
