दमक, १० साउन–रोटरी क्लब अफ दमक र देशभरका रोटरी क्लबहरुले विभिन्न जातीका ५० हजार भन्दा बढी फलफूलका विरुवाहरु रोपेका छन् । नेपालमा रोटरीका १६० वटा क्लबहरु छन् ।

रोटरी इन्टरेसनल स्थापना भएको १२०औं वर्षगाँठको अवसर पारेर दमकसहित देशभरका रोटरी क्लबहरुले ५० हजार भन्दा बढी फलफूलका विरुवाहरु रोपेका हुन् । रोटरी इन्टरनेसनल संस्था हो । सन् १९०५ फ्रेबु्रअरी २३ मा अमेरिकाको शिकागो सहरमा रोटरीको स्थापना भएको हो ।

आज (शनिबार) दमक–७ रतुवा खोलाको बाँधमा रोटरी क्लब अफ दमकले २४० वटा फलफूलका विरुवाहरु रोएिको अध्यक्ष केशव अग्रवालले जानकारी दिनुभयो ।

रतुवा खोलाको बाँधलाई स्वच्छ तथा हराभरा बनाई सौन्दर्यकरण गर्न लक्ष्य राखेर वृक्षरोपण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । आज आयोजित वृक्षरोपणमा आँप, अम्बक, कटहर, निमपत्ता, सिरिस लगायतका २४० बिरुवा रोपिएको रोटरीयन देबेन्द्र बरालले बताउनुभयो ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको पहलमा थालनी गरिएको अभियानमा नेपालभरका सम्पूर्ण रोटरी क्लबले देशभर चलाएको अभियानमा ५० हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाई (दिपु) ले जानकारी दिनुभयो ।

दमक रोट्रयाक क्लबका अध्यक्ष दिवाकर पाँचकोटीको अध्यक्षतामा र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रमको शुभारम्भ भएको थियो ।

सो कार्यक्रममा दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरगाई, रोटरी क्लब अफ दमका उपाध्यक्ष सागर श्रेष्ठ, रोटरीयन रमा लिम्बू, पूर्व अध्यक्ष बिक्रम शाह, भरत चौलागाई, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, उपाध्यक्ष बेनु प्रसाई, सचिव गण्(ोश प्रधान, डाक्टर लेखनाथ न्यौपाने, दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष रुवल अधिकारी, दमक रोटरीका पूर्व अध्यक्षहरु, रोटरी तथा रोट्रयाक क्लबका पदाधिकारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि, स्कूलका विद्यार्थी, नेपालीरिका होटलका कर्मचारी लगायतको उल्लेखीय उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *