दमक, १४ साउन–दमक नगर इसाई समाजले दमकका वृहत रक्तदान कार्यक्रमसहित यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याएर उर्तिण गर्ने विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन र विभिन्न फलफूलका विरुवाहरु वितरण गरेको छ ।

दमक गणतन्त्र चौकमा आज (बुधबार) बिहान आयोजित रक्तदान कार्यक्रममा १ सय ३५ पिन्ट रगत सङ्कलन भएको छ । जसमा ४७ जना दिदीबहिनी (महिला) ले कार्यक्रममा रक्तदान गरेका छन् ।

२०५२ सालदेखि दमक नगर इसाई समाजले दमकमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । आज सम्पन्न रक्तदान कार्यक्रममा समेत गरेर दमक नगर इसाई समाजले दमकमा ४६औं रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सोही कार्यक्रमकाबीच दमक क्षेत्रभरी सामुदायीक तथा निजी विद्यालयबाट यसवर्षको माध्यमिक शिक्षा परिषदुुुु (एसईई) उर्तिण गर्ने आधा दर्जन विद्यार्थीहरुलाई प्रमाण्पत्रसहित नगद पुरुस्कार वितरणसमेत गरेको छ ।

त्यस्तैं रक्तदातासहित कार्यक्रमका पाहुनाहरुलाई दमक नगर इसाई समाजले मायाको चीनोस्वरुप अम्बक, सिरिस लगायतको विरुवाहरु वितरण गरिएको थियो ।

दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षतामाा र दमक नगरकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमक नगरको विकास, परिवर्तन र सामाजिक सेवामुखी अभियानमा दमक नगर इसाई समाजको योगदान उच्च रहेको भन्दैं प्रशंषा व्यक्त गरिन् । ्

कार्यक्रममा दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष एबम् सल्लाहकार समितिका सदस्य पाष्टर आकाश थुलुङ राईले दमकका ४६औं रक्तदान कार्यक्रम उत्साहजन र सफलताका साथ सम्पन्न गर्न पाएकोमा रक्तदाताहरु र प्राविधिक सहयोग गर्ने दमक रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागप्रती आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

सामाजिक व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका इसाई समाजका निवर्तमान अध्यक्ष पाष्टर थुलुङले २०५२ सालदेखि दमकमा जाती, धर्म, लिङ्ग र कालो–गोरो नभनी सामाजिक सेवामुखी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको चर्चा गरे । त्यस्तैं, पाष्टर थुलुङले कोभिडको सक्रमणकालिन समयमा इसाई समाजले दमकमा खाद्यान्य सामाग्रीहरुदेखि स्वास्थ्य र चेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा जीवन चक्र समाज नेपालका संस्थापक अध्यक्ष एबम् सडक (राजमार्ग) सुरक्षा अभियानकार गणेशप्रसाद गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमकका सभापति एबम् साहित्यकार प्रकाश बुडाथोकी, दमकका इसाई समुदायका अगुवा रेभ एलडी किराँती, मुक्ति किराँती थुलुङ, पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर दावा शेर्पा, पाष्टर कुमार तामाङ, रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, दिदीबहिनी संगतीका अध्यक्ष पारु खापुङ राई, रक्तदान कार्यक्रम संयोजक एल्डर सुरज लिम्बूलगायतको उपस्थिती थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा परमेश्वरको प्रार्थनाबाट शुभारम्भ गरिएको थियो । सो प्रार्थना दमक नगर इसाई समाजका पूर्व अध्यक्ष एबम् अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पाष्टर अजय पाठकले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *