भारी वर्षा

काठमाडौं, १६ साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *