फाइल तस्विरः दन्त शिविरमा दमक थुलुङ डेन्टल क्लिनिकका चिकित्सकहरु

दमक, १६ साउन–कमल नगर अस्पतालको समन्वय र दमकस्थित थुलुङ डेन्टल क्लिनिकका विशेषज्ञ डाक्टरहरुको टोलीले आज कमल-२ क्याम्पास्थित पाथिभरा अंग्रेजी स्कुलमा मुख तथा दन्तसम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।

शुक्रबार, सो स्कुलमा आयोजित शिविरमा विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरुसहित चार सय ५० बढीले  मुख तथा दन्तसम्बन्धी उपचार र परिक्षण गराएका छन् ।

क्याम्पास्थित कमल–२ वडा कार्यालयको आयोजनामा वडाभित्रका सामुदायीक तथा निजी विद्यालयहरुमा मुख तथा दन्तसम्बन्धी शिविर सञ्चालन हुँदै आइरहेको छ ।

यसबीचमा कमल–२ मा अवस्थित कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालय, विद्योदय अंग्रेजी माध्यमिक विद्यालयसहित पाथिभरा अंग्रेजी विद्यालयमा शिविर सम्पन्न भएको छ ।

थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका डाक्टर सोफिया थुलुङसहित विशेषज्ञको टोलीले परिक्षण गरेका थिए । वडा कार्पालयले वडाभित्रका सवै विद्यालयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण कार्यक्रमहरु सञ्चालनमा ल्याईसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *