काठमाडौं, १९ साउन–३१औं विश्व आदिवासी दिवस, नेपालका आदिवासीहरुले विविध कार्यक्रम गरी मनाउने भएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन०ले आइतबार पत्रकार सम्मेन गरी हरेक वर्ष अगष्ट ९ का दिन मनाइने आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएको हो।

महासंघले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको जनाएको छ।

दिवसका अवसरमा साताब्यापी कार्यक्रमहरु भएपनि मुख्य दिन अगष्ट ९ अर्थात श्रावण २४ गते काठमाडौंमा झाँकीसहितको बृहत र्‍याली निकालिने र राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरिने अध्यक्ष ग्याल्ज शेर्पाले जानकारी दिए।

मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्नेछन्। त्यसअघि साँस्कृतिक झाँकीसहितको र्‍र्याली भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ।

कार्यक्रममा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिई कार्यन्वयनको चरणमा प्रवेश गरेको भन्दै बागमति प्रदेश सरकारको तत्कालिन मूख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशको मूख्यमन्त्री सूरेन्द्रराज पाण्डेलाई सम्मान गर्ने तय भएको छ । सभागृहस्थलमा आदिवासी जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा तथा खानाका परिकारसहितको उत्सव आयोजना गरिनेछ।

दिवसलाई आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्किक पहिचानलाई स्थापित गर्ने, मौलिक ज्ञान, सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन, आदिवासीको भूमि र प्राकृतिक श्रोतसाधनमाथीको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरिएको महासंघका अध्यक्ष शेर्पाले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *