जङ्गली हात्ती

दमक, १९ साउन–जंगली हात्तीले उपद्रो मच्याउँदै आएको दमकको उत्तरी चुरे बस्तीमा गएराति फेरि त्यहाँका पाँचवटा घर भत्काएको छ । वडाअध्यक्ष नविन बरालका अनुसार राति १० बजे तिर दुईवटाको संख्यामा आएको हात्तीले दमक –२ बेलडाँगी वन कार्यालय छेउका पाँच परिवारको घर भत्काएको हो ।

हात्तीले टंकबहादुर राईको टिनको छाना टाटीले बेरेको भुइँतले घरको टाँटी बेरा भत्काई भित्र राखेको १ बोरा चामल, १ ड्रम जाँड खाई अन्दाजी रु १० हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै कुलबहादुर चौहानको टिनले बारेको मन्दिर कोठा भत्काई १५/२० झुत्ता मकै खाई अन्दाजी रु ५ हजार बराबरको क्षति गरेको छ भने चन्द्रकला खड्काको टिनको छानो टाँटी बेरा भएको भान्सा घरको टाँटी बेरा भत्काई भित्र राखेको १ बोरा चामल, ५ केजी दाल खाई अन्दाजी रु ५ हजार बराबरको क्षति पुर्याएको छ ।

त्यस्तै राजु लिम्बू र पुष्प खतिवडाको भान्सा घरको टिन सामान्य भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको वडा न। २ र ३ मा हात्तीले उपद्रो गर्देआएको छ । ती हात्ती बस्ती नजिकैको हंसेदुम्से सामुदायिक बनहुदै आहाराका लागि आउने गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *