काठमाडौं, १९ साउन–कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार १३ हजार ५०२ जनाले ुए प्लसु ग्रेड ल्याएका छन्। ५५ हजार ८९६ जनाले ुएु ग्रेड ल्याएका छन्।
यस्तै, ग्रेड वृद्धिका लागि परीक्षा भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए।
शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा २१ गतेदेखि भएको थियो।
