गोविन ल्वागुन

झिलझिले, १९ साउन–शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् ।

आज (सोमबार) अभिभावकहरुको भेलाले पत्रकारसमेत रहनुभएका युवा नेता ल्वागुनलाई बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् ।

पत्रकारितासंगै राजनीतिक र सामाजिक सेवामा सक्रिय ल्वागुन यसअघिको व्यवस्थापन समितिको अध्यक्ष हुन् । उनी लामो समयदेखि विद्यालय व्ग्यवस्थापन समितिका सदस्य पदमा रहेर जिम्मेवारी पुरा गरिआएका छन् ।

ल्वागुन समाजवादी प्रेष संगठन, नेपाल झापाका अध्यक्ष हुन् भने सताक्षी प्रेष क्लब शिबसताक्षीका वरिष्ठ उपाध्यक्ष हुन् । उनी बालसेवा आधारभुत विद्यालयका विद्यार्थी हुन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमका प्रेम रोक्का, पवित्रा तामाङ, सृजना रेग्मी, भुवनकुमारी शेर्मा, दुर्गाप्रसाद फुयाल चयन भएका छन् । विद्यालयका प्रधानध्यापक वेनुप्रसाद कार्कीका अनुसार व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि गणेशराज कटुवाल रहनुभएको छ ।

त्यस्तैं, आजै विद्यालयमा आयोजित अभिभावक र शिक्षकहरुको भेलाले हेमा खड्गीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको प्रधानध्यापक कार्कीले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *