दमक, २० साउन–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी सचिवालय सदस्य शम्भु गौतमलाई ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।
एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको इटहरीमा हालैं सम्पन्न बैठकले नेता गौतमलाई ताप्लेजुङ जिल्ला इ्रन्चार्जको जिम्मेवार प्रदान गरिएको हो ।
प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्काको अध्यक्षतामा र केन्द्रीय अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यताम बैठक सम्पन्न भएको थियो ।
बैठकमा प्रदेश कमिटीका नेताहरुको जिम्मेवारी र कार्यविभाजनसमेत तोकिएको छ ।
ताप्लेजुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला अधिवेशन जेठ ९ र १० गते सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्रकुमार पाण्डे, उपमहासचिव एबम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्का लगायतको उपस्थिति थियो ।
सो अधिवेशनले ४५ सदस्यीय ताप्लेजुङ जिल्ला कमिटी चयन गरेको छ । अध्यक्षमा दुर्गाहाङ सिरेङ चोङबाङ,
उपाध्यक्षद्धयमा रामचन्द्र (आरसी) पोमु, देबिमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवत्रयमा बादल गुरुङ, अमर लोहार र गणेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ।

