गौरादह, २१ साउन–गौरादहमा मोटरबाट सिंचाई गर्ने क्रममा विद्युत चुहिएर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन सुब्बाका अनुसार आफ्नै घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा उनलाई गएराति अचानक विद्युत चुहिएर करेन्ट लागेको थियो ।

करेन्ट लागेर चन्द्रमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृत टोली खटिएर घटनाकाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । पछिल्ला समय जिल्लामा करेन्ट लागेर अकालमै ज्यान गुमाउने घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *