बिर्तामोड, २१ साउन–काम्न थालेका एकजना बिरामीलाई बाँधेर राख्दा मृत्यु भएपछि झापाको झापा गाउँपालिका(१ लसुनाका चारजना पक्राउ परेका छन् ।

हिजो राती साढे १० बजेको समयमा सोही स्थानका अन्दाजी ६० बर्षिय जतन सोरेन मादक पदार्थ सेवन गरेर छिमेकी महादेब टुडुको घर छेउको गल्लीमा आएर काम्न थालेका थिए ।

मृतकको छोरा अनतलाल सोरेन, सोही स्थानका महादेव टुडु, लुखिराम टुडु, लखिराम टुडु लगायतले मृतकलाई घर छेउको आँपको रुखमा बाँधेका थिए ।

आज बिहान गएर हेर्दा बाँधेकै स्थानमा सोरेनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ भने संलग्न अरु फरार रहेका छनु् । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *