काठमाडौँ, २१ साउन–प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद तथा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका छन्।
पाण्डेले सञ्चारमाध्यमहरु अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उनले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिए।
सञ्चारमाध्यमले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने सांसद पाण्डेले बताए।

