काठमाडौं, २२ साउन–सिन्धुलीका युवकलाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनाको अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले घटनामा संलग्न रहेकामध्ये एक जनालाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट घर भएका समीर परियार छन्।

भारतमा मिर्गौला निकालिएका सिन्धुलीको दुधौली नगरपालिका(१ का खिलबहादुर भुजेललाई समीरले नै जिम्मा लिएर नेपाल ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

मानव बेचबिखनसम्बन्धी घटना भएका कारण सिन्धुली प्रहरीले बुधबार अनुसन्धान गर्न ब्युरोमा बुझाएको थियो।

ब्युरोले आजै विज्ञप्ती जारी गरेर घटनाबारे सार्वजनिक गर्ने तयारी गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *