धरमपुर, २४ साउन–झापाको शिबसताक्षी नगरपालिकामा बसोबास गर्ने नेवार समुदायहरुले आज धरमपुरमा लाखे जात्रा तथा सामुहिक क्वाटी खाने कार्यक्रम सम्पन्न गरेका छन् ।
नेवाः देय् दबु शिबसताक्षी नगर समिति, ले शनिबार धरमपुरस्थित फूलबारी रङ्गशालामा लाखे जात्राको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही, कार्यक्रमबीचमा नेवार समुदायको मौलिक संस्कृती र भेषभुषामा आधारित लाखे नृत्य प्रदर्शनी गर्नुका साथै सामुहिक क्वाटी भोजन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्राले काठमाण्डौं उपत्यकामा प्रचलित लाखे जात्रालाई पछिल्लो समय देशको प्रायः सवै जिल्लाहरुमा बिस्तार र विकास भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोपप््राले नेवार समुदायले मनाउने लाखे नाच र क्वाटी खाने संस्कृती अन्तराष्ट्रियस्तरसम्म चर्चा र महत्व राख्दै आएको बताउनुभयो ।
नगर प्रमुख थोप्राले आदिवासी जनजाती समुदायको मौलिक संस्कार र संस्कृतीलाई संरक्षण गर्न अहिले निकै चुनौती बन्दै आएको पनि वताउनुभयो । वहाँले सवै धर्म, भेष, भुषा र संस्कृतीलाई उचित संरक्षण र यसको प्रचार प्रसार गर्न सके मात्रै देशमा आन्तरिक तथा बाह्य पर्यटनको समेत विकासमा टेवा पुग्ने जोड दिनुभयो ।
नगर उपप्रमुख तथा कार्यक्रमकी विशिष्ट अतिथि नरमाया कार्कीले नेपालका कुनै एक जाती वा समुदायको भाषा, धर्म, संस्कार र संस्कृतीलाई सिमित बनाएर राख्न नहुने बताउनुभयो । त्यस्तैं, शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ, नेवार समुदायका अगुवा तथा व्यवसायी गणेश प्रधान, सामाजिक तथा राजनीतिक व्याक्तित्व चन्द्रवीर नेम्बाङग, माधव भण्डारी, दुर्गा नेम्बाङ लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेवाः देय् दबु शिबसताक्षी नगर अध्यक्ष पधिउन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवार समुदायका अगुवाहरु र संस्थागत विकासका लागि आर्थिक तथा भौतिका सहयोग गर्नुहुने विभिन्न व्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र वितरण गरिएको थियो ।
त्यस्तैं, लाखे जात्राका कलाकारहरुलाई समेत संस्थाको तर्फबाट मायाको चीनोसहित पशंषापत्र वितरण गरिएको थियो ।
कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष समेत हरनुभएका नेवाः देय दबु शिबसताक्षी नगर समितिका सल्लाहकार लीलाबहादुर जोशीका अनुसा शिबसताक्षीमा पहिलो पटक लाखे जात्रा मनाउन सफल भएको बताउनुभयो । वहाँका अनुसार दिउँसो लाखे जात्रा तथा क्वाटी कार्यक्रमपछि साँझमा भब्य सांगीतिक कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।
कार्यक्रममा समितिका सचिव सचिन श्रेष्ठ, मनकुमार श्रेष्ठ र सुवास राईले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो ।
