दमक, २८ साउन–दमक–१० मा आज बिहान भालु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार बुधबार बिहान करिब ७ बजेतिर ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही उमेरका भुपेन्द्र ढकाल भालु खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए ।

प्रसाईलाई खोलाले करिब ६०० मिटर टाढासम्म बगाएको स्थानीयले बताए । त्यसक्रममा प्रसाईलाई स्थानीयले खोलाबाट उद्धार गरेका थिए ।

उनलाई तत्कालै उपचारका लागि दमकस्थित निम्स नेशनल अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनास्थलमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले बताए ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *