दमक, २८ साउन–सात महिनाअघि १६ बर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् ।
गत माघको पहिलो साता १६ बर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईकाविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जवरजस्तीकरणी सम्बन्धि कसुर दर्ता भएको थियो ।
जवरजस्ती करणीसम्न्धि कसुर दर्तापछि बैगुुन्धुराबाट फरार रहेका राईलाई आज (बुधबार) बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले फरार राईलाई शिवगञ्जमा फेला पारेको हो । उनलाई आजनै मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत जबरदस्ती करणी कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
