झिलझिले, २९ साउन–शिवसताक्षी–११ मा अवस्थित मैनाचरी आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा शिवराज राई सर्वसम्मत चयन भएका छन् ।

हिजो (बुधबार) विद्यालयमा अभिभावकहरुको भेलाले स्थानीय शिबराज राईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

वडाध्यक्ष बहादुर आङ्बो लिम्बूका अनुसार मैनाचरी आधारभुत विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कमला कुमारी लामा, बलराम राई, रेखा फुयल, अस्विन धिताल र प्रतिक्षा भुजेल रहेका छन् ।

त्यस्तै, शिक्षक प्रतिनिधिका रुपमा गौरीमाया दाहाल, पदेन सदस्य वडाध्यक्ष बहादुर आङ्गबो र सदस्य सचिव प्रधानाध्यापक रामप्रसाद मण्डल रहेका छन् ।

यसैबीच, मैनाचरी आधारभुत विद्यालयकी अभिभावक स्थानीय कुसुम तामाङको अध्यक्षतामा १० सदस्यीय शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको वडाध्यक्ष आङ्बोले जानकारी गराए ।

सो क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले आफ्ना प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । अध्यक्ष राईले विद्यालयलाई नमुना विद्यालय बनाउन अभिभावकहरु, स्थानीय सामाजिक अगुवाहरु, बुद्धिजिवीहरु, मनकारी दाताहरु, शिक्षक तथा शिक्षिकाहरु र जनप्रतिनिधिहरुको सकारात्मक साथ र सहयोगको आशा व्यक्त गर्नुभयो ।

कार्यक्रमका विद्यालयका प्रधानध्यापक मण्डल र वडाध्यक्षले नव निर्वाचित समितिका अध्यक्ष लगायत समितिका सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *