धरमपुर, २९ साउन–शिवसताक्षी–११ की आयिसा सार्की उमेरले १० वर्षकी भइन् । बुबा चन्द्रबहादुरकी १० वर्षीय छोरी आयिसा सार्की यतिवेला कष्टकर जीवन बिताइरहेकी छन् ।
तीन वर्षदेखि दुवै मृगौलामा समस्या देखापरेपछि आयिसा सार्कीको उपचारमा अहिले परिवारलाई समस्या उत्पन्न भएको छ । आयिसाको परिवारले उपचार गराउन अस्पतालहरुमा प्रयास गरेकै हुन्, तर, अब परिवारको हात खाली छ—सपना र आशा मात्र बाँकी छ ।
आयिसाको दमकका स्थानीय अस्पतालहरुहुँदै, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमासमेत उपचार भयो ।
अहिले, आयिसाको दमकस्थित बाल अस्पतालको बेडमा उपचार हुँदैछ । चिकित्सकले उनको दुवै मृगौला फेल भएको बताउँदै तत्कालै मृगौला सफा गर्ने प्रक्रिया थाल्नुपर्ने सुनाए । यो उपचार महँगो मात्र होइन, लामो समयसम्म निरन्तर अस्पतालमै राख्नुपर्ने अवस्था छ।
विपन्न परिवारका चन्द्रबहादुरसँग अब त्यो खर्च धान्ने सामर्थ्य छैन। “लामो समय अस्पताल राख्नु पर्छ, महँगो सुई लगाउनु पर्छ, तर पैसा छैन,” आँखा राते पार्दै बुबा चन्द्रबहादुरले भने, छोरीलाई बचाउन सक्ने जो कोहीसँग पनि म हात फैलाउँदैछु।”
विगतमा घरजग्गा बेचेर, ऋणधन गरेर उपचार अघि बढाएका चन्द्रबहादुरसँग अब केही पनि बाँकी छैन। तर, छोरीको नानी–मुस्कान र आँखाबाट झरेको आसुले उनलाई अझै हार मान्न दिएका छैनन्।
आयिसाको जीवन बचाउन अब समुदायको हात, हृदय र सहयोगको आवश्यकता छ। यो सानो बालिकाको भविष्य अन्धकारमा हराउन नदिन, सहयोगको सानो किरण पनि उसकै जीवनमा उज्यालो बन्न सक्छ।
NMB बैंकको 202506150353471111 खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिन हुन परिवारले आग्रह गरेको छ।

