शरद ओझा

काठमाडौं, ३ भदौ–बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनको योग्यताबारे प्रश्न उठेको थियो। त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदनसमेत बुझाएको थियो।

ओझालाई गत फागुन १२ गते सरकारले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *