दमक, ४ भदौं–दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् ।
बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र समाज नेपालको सातौ स्थापना दिवस तथा साधारणसभाले पुनः गौतमको अध्यक्षतामा समिति चयन गरेको हो । गौतम संस्थापक अध्यक्ष हुन् । उनको यो तेश्रो कार्यकाल हो ।
सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा बेनुराज प्रसाई, उपाध्यक्षमा लक्की सिटौला (बिन्दु), सचिवमा गणेश प्रधान र कोषाध्यक्षमा विदुर भण्डारी चयन भए भने प्रवक्तामा सिद्धार्थ दाहाल चुनिए । दाहाल रेडक्रसकर्मी हुन् ।
यसैगरि, सदस्यहरूमा डा लेखनाथ न्यौपाने, वासुदेव काफ्ले, सुरेन्द्र श्रेष्ठ र सन्जु निरौला सर्वसम्मत चयन भएको गठित निर्वाचन समितका संयोजक दिपु चापागाईले बताए ।
सोहि अवसरमा निर्वाचित समितिलाई पद तथा गोपनियतासहित सपथग्रहण गराइएको थियो ।
उद्घाटन समारोहमा दमक उद्योग बाणिज्य संघका तृतीया उपाध्यक्ष रुवल अधिकारी, दमक पब्लिक लाइबेरीका अध्यक्ष अनु आचार्य भण्डारी, साहित्यकार हेम अधिकारी लगायतका प्राध्यापकहरु, सहकारीकर्मीहरु, व्यवसायीहरु, पत्रकारहरुको उपस्थिती थियो ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न चापागाईको संयोजकत्वमा गोपाल गुरागाई, तीलचन्द्र अधिकारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो भने सचिव गणेश प्रधानले कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो ।
त्यस्तैं, स्थापना दिवस तथा साधारणसभाको उद्घाटन समारोहीबच अध्यक्ष गौतमले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष विदुर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दमकका अग्रज पत्रकार दाहाल सम्मानित

सोही समारोहमा दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । भोजपुरमा जन्मिएका पत्रकार दाहाल दमकमा चार दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।
पूर्वसन्देस दैनिकका प्रकाशक तथा सम्पादकसमेत रहेका दाहाललाई पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुरयाँएवापत सम्मान प्रदान गरिएको हो ।
पत्रकार दाहाल करिव चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
उद्घाटन समारोहमा दमक उद्योग बाणिज्य संघका तृतीया उपाध्यक्ष रुवल अधिकारी, दमक पब्लिक लाइबेरीका अध्यक्ष अनु आचार्य भण्डारी, साहित्यकार हेम अधिकारी लगायतका प्राध्यापकहरु, सहकारीकर्मीहरु, व्यवसायीहरु, पत्रकारहरुको उपस्थिती थियो ।
