काठमाडौं, ५ भदौ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।

काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोल्न लागेकी हुन्।

उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन्।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन्।

गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए। सोही दिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्। उनले आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन्।

तर एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वतस् नवीकरण नभएको बताउने गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *