दमक, ६ भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते सोमबार पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ।
पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउन आह्वान गरेको हो। पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय सङ्गठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ। केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको अर्यालले बताए।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन्।
पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम छ।
समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्यका साथ २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो। अहिले विभिन्न कारणले कम्युनिष्ट पार्टी टुटफुट भएर विभिन्न समूहमा छरिएका छन्।
तत्कालीन नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादी स्थापना भएको थियो।
‘पार्टी स्थापना वर्षमा’ झापाले टिकटक प्रतियोगिता गदैै
एकीकत समाजवादी झापााले ुटिकटक प्रतियोगिताु आयोजना गर्ने भएको छ । भाद्र ९ गते एकीकृत समाजवादी पार्टीको स्थापना वर्षको अवसर पारेर झापामा टीकटक प्रतियोगिता गर्ने भएको हो ।
‘सुसासन र रोजगारी, समाजवादको तयारी’ बिषयमा टीकटक प्रतियोगिता गर्नें भएको हो ।
साउन २५ देखि भदौ १ गतेसम्म भिडियो सामाग्रीहरु आव्रहान गरिएको छ । भदौ ८ गतेसम्म प्राप्त भएका लाईक, भ्युज र शेयरलाई ५० अङक प्रदान गर्ने छ । बाँकी ५० अङक निर्णायक मण्डलले प्रदान गर्ने अध्यक्ष भट्टराईले जानकारी गराए ।
प्रतियोगितामा पहिलो हुनले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले तीन हजारसहित प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका बितेताहरुलाई एकीकृत समाजवादी पार्टीको स्थापना दिवस भदौ ९ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने छ ।
