दमक, ६ भदौं–हरितालिका तीजको अवसर पारेर दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पारिवारिक तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बजार उपप्रवन्धक तथा दमक शाखा कार्यालय प्रमुख सुमन थुलुङ राईका अनुसार नेपाली महिलाहरुको चार्डपर्व हरितालिका तीजमा शुभकामना आदानप्रदान तथा सामुहकि दर खाने कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका सिनियर तथा जुनियर महिला दिदीबहिनी अभिकर्ताहरुको ठूलो संख्यामा सहभागिता थियो । सो अवसरमा कम्पनीका बजार उप्रवन्धक तथा दमक शाखा प्रमुख राईले हिन्दु धर्मशास्त्रमा हरितालिका तीजको महिमा, अर्थ, महत्व र यसभित्रको साँस्कृतिक पक्षलाई अत्यन्तै सुन्दर र सकारात्मक चित्रण गरिएको बताउनुभयो ।

वहाँले कार्यक्रममा सहभागि दिदीबहिनीहरुलाई तीजको मंगलमय शुभकामना समेत व्यक्त गर्नुभयो । वहाँले तीजलाई खुशी, भेटघाट वा मनोरञ्जनका रुपमा मात्रै बुझ्न नहुने भन्दै जीवनमा नयाँ काम गर्ने द्धद्ध सकल्प, बिश्वास र प्रतिवद्धता गर्ने एउटा विशेष दिनको रुपमा लिनुसके सफलता हात लाग्ने बताउनुभयो ।

सो अवसरमा अधिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायण भण्डारी, सिनियर अभिकर्ता टिका खरेल लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागि दिदीबहिनीहरुले सामुहिक दर खानुका साथै तीजसम्बन्धिका गीतसंगितमा नृत्य गरेर मनोरञ्जन गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *